शुक्रबार, चैत्र १६, २०८०

रु १० अर्ब भ्रष्टाचार, शर्मासहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौ श्रावण १, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आराविका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध रु १० अर्ब दुई करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।  आयोगले तत्कालीन अर्थमन्त्री रामशरण महतले २०७१ सालमा गठन Captureगरेको कर फस्र्यौट आयोगका महानिर्देशक शर्मासहित कर फछ्र्योट आयोगका सदस्य लुम्बध्वज महत र उमेश ढकालले कर निर्धारण गर्दा अनियमितता गरेको अभियोग सहित रु १० अर्ब दुई करोड १९ लाख एक हजार ८४२ बिगो माग दावी सहितको विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी मुद्धाको दज्र्यानी पाएको  प्रस्तुत प्रकरण्मा आयोगले गत अषाढ २९ गते प्रारम्भिक रुपमा अख्तियारले एक हजार ६९ फाइलमध्ये पहिलो चरणमा ४५ फाइलमाथि अनुसन्धान पुरा गरि तीन जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरे अनुरुप आज मुद्धा दायर गरिएको आयोगले जनाएको छ । निलम्बित महानिर्देशक शर्मा अख्तियारको हिरासतमा रहेपनि महत र ढकाल भने फरार रहेका छन् ।