मङ्लबार, बैशाख १८, २०८१

मतपरिणाम सार्वजनिक हुँने क्रम जारी ,विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता

काठमाडौ आषाढ १७, दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्र्तगत प्रदेश नं १, ५ र ७ मा गत बुधवार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरि १५ हजार ३८ प्रतिनिधि चयनका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाम आउने क्रम जारी छ ।

news-government-to-support-nri-voting-through-e-ballot-1-89795-89795-voteअहिलेसम्म प्राप्त पछिल्लो मतपरणाम अनुसार ८१ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार नेकपा एमालेले ३७ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले २८ स्थानीय तहमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र १४ स्थानीय तहमा विजयी भएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी फोरमले एक स्थानीय तहमा जित हात पारेको छ ।

यसैवीच १९ वटा वडा रहेको विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदमा उम्मेदवार रहेका भीम पराजुलीले १ हजार ७सय ४५ मत, सहित यो समाचार तयार पार्दा सम्म आफ्नो अग्रतालाइ कायम नै राखेका समाचार प्राप्त भएका छन । त्यस्तै नेकपा एमालेका विनोदकुमार ढकालले १ हजार २ सय ३६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ सय ९१ मत प्राप्त गरेका थाहा भएको छ ।