शुक्रबार, बैशाख १४, २०८१

वागी उम्मेदवार र पार्टीविरुद्ध विष वमन गर्नेलाइ कारवाही

काठमाडौं आषाढ १७, नेपाली काँग्रेस कामपा वडा न १९ को आज बसेको बैठकले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनमा पार्टीको IMG_20310701_150649 IMG_20310701_150822निेर्देशन विपरित वागी उम्मेदवारी दिने र नियोजित स्वार्थ सहित पार्टीको मानमर्दन एवम् शिर्ष नेतृत्व विरुद्ध विष वमन गर्दै अराजकता प्रदर्शन गर्ने कार्यकर्तालाइ कारवाहीको सिफारिस गरेको छ ।

इकाइ अध्यक्ष शशिलाल श्रेष्ठको अध्यक्षतामा बसेको समितिको पूर्ण बैठकले स्थानीय तहको निर्वाचनको समिक्षा सहित वागी उम्मेदवारी दिएका क्रियाशिल सदस्यत्रय प्रेमरत्न शाक्य ,हेमरत्न शाक्य र देवनारायण महर्जन तगोचा त्यस्तैगरि  निजहरुको प्रस्ताव समर्थक बन्दै पार्टीविरुद्ध विष वमन गर्ने कार्यकर्ताद्दय माधव मिश्र र रामचन्द्र महर्जनलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाहीको निर्णय गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।