मङ्लबार, बैशाख १८, २०८१

भरतपुर १९ मा पुनः मतदान प्रकरण मुद्धामा सर्वोच्चले माग्यो आयोगको निर्णय

काठमाडौ आषाढ ६ भरतपुर महानगरपालिका वडानम्बर १९ का एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको Court_20150619042154निर्णय बदर गर्नुपर्ने भन्दै दायर मुद्दा प्रकरणको आज सुनवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सहित आयोगको पुन मतदान गराउने निर्णय सहित च्यातिएको मतपत्रको बन्दल अदालतमा पेश गर्न आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको सयुक्त इजलासले आयोगको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएको हो।

एमालेले च्यातिएका मतपत्र बदर गरेर पुन गणना गर्नुपर्ने माग गरेको छ भने कांग्रेस र माओवादी केन्द्रले उक्त वडामा मतदान गर्नुपर्ने बताउँदै आएका छन् । धेरै चासोका साथ हेरिएको यो मुद्दाको आज अन्तिम फैसला हुने अपेक्षा गरिएको थियो ।