बिहिबार, चैत्र १५, २०८०

राजधानीमा ११औं इजरायली चलचित्र महोत्सव सुरु

काठमाडौ आषाढ ६,  इजरायली राजदूतावास र नेपाल चलचित्र समाजले संयुक्त रुपमा चलचित्रका माध्यमबाट दुए देशवीचको सम्बन्धलाइ प्रवद्र्धन गर्ने उद्देश्यले Photo 02आजदेखि ११औँ इजरायली चलचित्र महोत्सव सुरु भएको छ ।

राजधानीमा आयोजित उक्त महोत्सवको एक कार्यक्रमकावीच उद्घाटन गर्दै सभामुख ओनसरी घर्तीले प्रस्तुत चलचित्र महोत्सवले नेपाल र इजरायल बीचको सम्बन्धलाई थप सुमधुर तुल्याउने र त्यसले जनस्तरमा पनि आपसी सम्बन्ध अझ सुदृढ तुल्याउन मद्दत पुग्ने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत यारोन मायर समाजका अध्यक्ष कृष्ण मल्ल लगायतले महोत्सव कला र संंस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्लने बताउँनु भएको थियो । त्यस्तै विगतमा प्रस्तुत महोत्सव राजधानी केन्द्रीत हेने गरेकोमा यसपटक देखि पोखरा र विराटनगरमा समेत समेत देखाइने भएको छ ।