मङ्लबार, बैशाख १८, २०८१

२५ वर्ष पछि हराएकी चेलि घर फकाईए

-खगेन्द्र घिमिरे/ चैत्र २०, 
काँकरभिट्टा,परिवार सँग बिछोड भई २५ वर्ष अघि बाट हराएकी एक चेलिको भारतको कोलकत्ताबाट उद्धार गरिएको छ । सप्तरी जिल्ला फतेपुर मा जन्मिएकी 17692705_1416582115078851_1280541039_o[1]कल्पना बिष्टलाई कोलकत्ताको एक मानसिक अस्पतालबाट घर फकाईएको छ । सानै उमेरमा आमाले लिएर हिडेपछि सम्पर्क बिहिन भएकी कल्पनालाई उनकी आमाले उनको मावलीघरबाट सिक्किम निवासी गोबिन कार्की सँग  ९  वर्षअघि बिबाह गराई दिएकी थिइन्। विवाह भएको १ वर्ष पछि एक छोरा भएको केही वर्ष पछि घरयासी झगडाले उनले घर छोड्न बाध्य भईन् ।
एकासी उनको मानसिक समस्याले उनलाई सडकमा पुर्याएको थियो । सडकमा मानसिक सन्तुलन गुमाएकी कल्पनाको प्रहरीले अञ्जली मानसिक अस्पतालमा पुराएको थियो । १६ महिना अघि सो अस्पतालमा भर���ना भएकी कल्पनाको उपचार भए सँगै सो अस्पतालले नेपालमा महिला बालबालिका उद्धारको क्षेत्रमा कार्यरत विश्व सेवा बिस्तार संस्थालाई उनको परिवार खोजी दिन आग्रह गरेको थियो । सस्थाले कल्पनाको दाजु चन्द्र बहादुर विष्ट र सस्थाका कर्मचारी डिबि राना सहितको टोली एक साता अघि कोलकत्ता पठाएको थियो । सो टोलीले त्यस अस्पतालमा रहेकी कल्पनाको सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी शनिवार नेपाल फर्काएर प्रहरीको सहयोगमा परिवारको जिम्मा लगाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा डिएसपी दुर्गा राज रेग्मी,सस्थाकी शाखा ईन्चार्ज मुना आचार्य,सामुदायिक सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल,लगायतको उपस्थितिका बिच कल्पनालाई परिवारको जिम्मा लगाइएको छ ।उता सो अस्पतालले यस्ता मानसिक रोग सम्बन्धी समस्या भएका नेपाल तथा भारतका २ सय ७० भन्दा बढी बिरामीको उपचार गरिराखेको अस्पताल स्रोतको भनाई रहेको छ ।