बिहिबार, बैशाख २०, २०८१

चुनावको मिति घोषणा गर्न कांग्रेस र माओवादीवीच सहमति

संविधान संशोधन नगरी निर्वाचन घोषणा गरे आफूहरुलाई मान्य नहुने  मोर्चाको चेतावनी 

काठमाडौ फागुन ८ , प्रम प्रचण्डको आव्हानमा प्रधानन्त्री निवास Baluwatar-PM-Nibasबालुवाटारमा आज बिहान बसेको कांग्रेस र माओवादीवीचको बैठकले मुलुकमा छिट्टै निर्वाचन मिति घोषणा गर्ने सहमति कायम गरेको छ । स्थानीय तहको चुनावको मिति घोषणा गर्न सवालमा छलफल गर्दै प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेको संविधान संशोधन भन्दाअघि निर्वाचन गर्नु पर्ने अडानलाइ समेत सम्बोधन गर्ने ढंगबाट  कांग्रेस र माओवादीवीच बैठकमा छलफल भएको थाहा भएको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस महामन्त्री सशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ,  पम्फा भुसाल, लगायतका नेताहरु उपस्थित रहेको प्राप्त समाचारमा उल्लेख गएिको छ ।

 यसैवीच प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चासँग गरेको बैठकमा मोर्चाले संविधान संशोधन नगरी निर्वाचन घोषणा गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिएपछि दोहोरो दबाबमा परेका  प्रधानमन्त्रीले   निर्वाचन घोषणाका लागि सहमति जुटाउने गृहकार्यमा छन् ।  सरकारले आजै मिति घोषणा गर्ने बताइए पनि यसबारे निर्णय लिन मन्त्रिपरिषदको बैठक सोमवारका लागि   सारिएको छ ।