बिहिबार, बैशाख १३, २०८१

स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत

काठमाडौ माघ ९, मुलुकका प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिवार साँझ बसेको बैठकमा दलहरुवीच यस्तो सहमति भएको हो ।  संविधान संशोधनका विषयमा Meeting_PM_House-3-Partyधुवीकृत  रहदै आएका दलहरु निर्वाचनका सवालमा सहमत भएपनि स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा स्थानीय तहको निर्वाचन गर्ने कि पुरानै संरचनाको स्थानीय निकायको निर्वाचन भन्नेमा पनि दलहरूबीच एकमत बन्न बाँकी रहेको बताईएको छ ।

निर्वाचन आयोगले भने कम्तीमा १२० दिन अघि निर्वाचनको मिति घोषणा भई सम्बन्धित कानुन तयार हुनुपर्ने सुझाव दिँदै आएको छ । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष रावल, स्थायी समिति सदस्य सुवास नेम्बाङ, माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र भुसालको उपस्थिती रहेको थियो ।