शुक्रबार, बैशाख १४, २०८१

प्रमुख प्रतिपक्षी दल एमालेद्दारा चुनाव मिति घोषणाको स्वागत, मधेसी मोर्चाद्दाराआन्दोलनको घोषणा

Capture nकाठमाडौं फागुण ९ , सरकारले आज बसेको मन्त्रीपरिषद बैठकमार्फत स्थानीय चुनावको मिति घोषणा गरेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्तुत घोषणाको स्वागत गर्दै चुनावलाई सफल पार्नका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने जनाएक्को छ । । यसअघि पनि प्रतिपक्षीदल एमालेले सरकारलाइ निर्वाचनको मिति तोक्न दवाव दिदै आएको थियो ।  त्यस्तै मुलुकमा जारी संविधानको अनुरुप पनि निर्वाचनको घोषणा गर्नुको विकल्प नभएको भन्दै प्रतिपक्षीदल एमालेले जारी संविधानको पूर्णत कार्यान्वयनका लागि तीन तहको अर्थात पनि आउँदो माघ ७ भित्र स्थानीय प्रदेश र केन्द्रको निर्वाचन भइसक्नु पर्ने बताएको छ ।

यसैवीच सरकाले स्थानीय तहको निर्वाचनको मिति सार्वजनिक गरे Captureलगत्तै संविधान संशोधनको प्रस्तावलाए सम्बोधन नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा तिव्र विमति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।

मधेसी मोर्चाले संविधान संशोधन बिना गरिने निर्वाचन स्वीकार्य नहुने भन्दै मंगलवारका देशभर मसाल जुलुस प्रदर्शन गर्ने घोषणा गर्नुको अलावा फागुण ११ गते बुधबार मधेस बन्द गर्ने पनि घोषणा र बिहीबारदेखि दुई हप्तासम्म गाउँगाउँमा भण्डाफोर कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। तर सरकाले चुनावको वातावरण सहज बनाउनका लागि सरकारले संविधान संशोधन विधेयक पनि संगसंगै अघि बढाउने तयारी गरेको बताएपनि सरकारको प्रस्तुत तयारीलाइ मोर्चाले नमान्ने सम्वद्ध नेताहरुले बताएक छन ।