मङ्लबार, बैशाख १८, २०८१

नेपाली वस्तुहरुको विक्री प्रवर्द्धन गर्ने उद्देश्य सहित उद्योग मन्त्रालय र महानगरपालिकावीच सम्झौता

काठमाडौ माघ २३,  उद्योग मन्त्रालय र काठमाडौं महानगरपालिकावीच महानगरका भगिनी सम्बन्ध भएका नगरहरुमा नेपालका लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्रीको प्रदर्शनी तथा विक्री वितरण व्यवस्थाकालागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । १४ वटा शहरहरुमा महानगरपालिकाले नेपाली वस्तुहरुको विक्री प्रवर्द्धन गर्ने उद्देश्यले  आज भएको भएको उक्त सहमति पत्रमा मन्त्रालयका सह–सचिव दिनेश घिमिरे र महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले हस्ताक्षर गर्नु भएको हो । ।

१० बुँदे शर्त तथा बन्देज रहेको उक्त सहमति पत्रमा महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका अमेरिका, जापान, चीन, भारत, म्यान्मार, कोरियालगायत मुलुकका १४ वटा शहरहरुमा महानगरपालिकाले नेपाली वस्तुहरुको विक्री प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी तथा विक्री प्रवद्र्धन कक्ष संचालनमा ल्याउने उल्लेख गरिएको छ । कार्यक्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्गले महानगरको केन्द्रीय कार्यालय रहेको बागदरबारलाई सिस्टर सिटी ग्यालरीका रुपमा विकास गर्न लागेको योजना सुनाउँदै नेपालको हस्तकला अन्तराष्ट्रिय बजारमा विक्ने बस्तु रहेको बताउनु भएको उल्लेख गरिएको छ ।