मङ्लबार, बैशाख १८, २०८१

एटिएमबाट रकम निकाल्ने दुई भारतीय नागरिक पक्राउ

काठमाडौ माघ १०, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोल भारतको चण्डीगढका २३ वर्षीय इक्तेदार खान र लक्ष्मीनगर, दिल्लीका ३३ वर्षीय निरञ्जन मेहतालाई पक्राउ गरेको छ । अभियुक्तद्दयलाइ एटिएम बुथमा गएर ‘मेरो पैसा निस्किएन, कसरी निकाल्ने हो सिकाइ दिनुहोस्’ भनी अन्य ग्राहकसँग सोध्ने र ग्राहकले 810x454xATM-fraudster-jailed-for-cyber-attack.jpg.pagespeed.ic.tjhGZobWM1आफ्नो एटिएम प्रयोग गरी थोरै रकम निकालेर  रकम निकाल्ने तरिका सिकाएपछि ग्राहक निस्किना साथ उनीहरुले एटिमले सोधेको समय थप लिन चाहनुहुन्छ भन्ने मेनुमा गएर हुन्छ भन्ने बटम थिचि रकम निकाल्ने गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसरी अनधिकृत रुपमा बैंकको एटिएमबाट रकम निकालेकाले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम ठगीमुद्धा अन्र्तगत निजहरुलाइ कारवाही गरिने जनाउँदै निजहरुले विगत एक महिनाको अवधिमा दुवै जनाले २० स्थानमा भएका बुथबाट रु छ लाखभन्दा बढी रकम ठगी गरेका बताएको छ ।