मङ्लबार, बैशाख ११, २०८१

नुवाकोट घटनामा सबैलाइ संयम र धैर्यता अपनाउन मन्त्री केसीको आग्रह

काठमाडौ माघ ७, सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनको विषयलाई लिएर नुवाकोटमा भएको घटनामा सबैलाई पूर्ण संयम र धैर्यता अपनाउन आग्रह गर्नुभएको छ ।  मन्त्री केसीले आज एक विज्ञप्ति जारी गर्दै उहाँको गृह जिल्लामा आज सरकारी कार्यालयमा प्रेस वक्तब्यभएको तोडफाड, सवारी साधनमा भएको आगजनी र प्रहरीसँगको झडपमा परी घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुको अलावा जिल्लास्थित सबै राजनीतिक दलहरूको सहमतिलाई लत्याएर सीमित व्यक्तिहरूको स्वार्थमा पुनःसंरचनाको विरोधमा हँुदै आएको जनसङ्घर्ष र हडताल आज अप्रिय घटनामा परिणत भएको उल्लेख गर्नुभएको छ ।

मन्त्री केसीले आफूले उक्त विषय समाधानका लागि पटकपटक मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्री र सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्रीसँग कुरा गरेको जानकारी गराउँदै भोलि माघ ८ गते नै प्रमुख दलहरूको बैठक आयोजना गरी प्रक्रियागत ढङ्गबाट समाधान गर्न प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको जनाउ दिदै उहाँले स्थानीय प्रशासन, सबै दल, प्रहरी, स्थानीयलाई धैर्यता अपनाउन आग्रह गर्दै लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा समस्याको सामाधान खोज्न विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ ।