बुधबार, बैशाख १९, २०८१

काँग्रेले सल्यानबाट स्थानीय निर्वाचनको शंखघोष गर्ने

स्थानीय चुनाव तयारी आमसभालाई पार्टी सभापति देउवाले सम्बोधन गर्ने  

  आगामी  निर्वाचनमा काँग्रेसलाइ  २०४९ सालको अवस्थामा  पु-याउँने  युवा नेता ऋषिकेशको  विस्वास  

काठमाडौं माघ १०, नेपाली कांग्रेसले आउँने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको आरम्भ प्रदेश नम्बर ६ को सल्यान जिल्लाबाट गर्ने भएको छ । आगामी माघ १४ गते सल्यान कांग्रेसको आयोजनामा सदरमुकाम खलंगामा सम्पन्न हुने स्थानीय चुनाव तयारी आमसभा’ लाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै निर्वाचनमा काँग्रेस होमिएको शंखघोष गर्ने तयारी गरेको छ ।  यसको लागि काँग्रेसले माघ १४ गतेअघि नै स्थानीय निर्वाचनको मिति घोषणा गराउने तयारी 16195435_1671567496190496_4727666737775856548_nसमेत थालेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यसोत समाचार स्रोतका अनुसार छिट्टै निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्री  प्रचण्डको प्रतिबद्धतापछि नेपाली कांग्रेसले ‘स्थानीय चुनाव तयारी आमसभा’ गर्न लागेको जनाएको छ ।

यसअघि चुनावी वातावरण बुझ्नका लागि नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्यहरूलाई देशभरका ७० जिल्लामा प्रतिनिधिका रूपमा खटाएको थियो । यस क्रममा केन्द्रीय सदस्य मिन विश्वकर्माले जिल्लाको बस्तुस्थिति बुझ्नको लागि नै जिल्ला कार्यसमिति, क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि, भ्रातृसंगठनका जिल्ला कार्यसमिति तथा क्षेत्रीय समितिको छुट्टाछुट्टै भेला सम्पन्न गरी सबैको राय लिने काम सम्पन्न भइसकेको बताईएको छ ।

त्यस्तै सल्यान काग्रेसका युवा नेता ऋषिकेशजंग शाहका अनुसार सल्यानका ४७ वटा गाविसमध्ये २०४९ सालको निर्वाचनमा हामीले ४२ वटामा जितेको 16003229_1670482506298995_2237376069669141625_nकाँग्रेसले २०५४ मा आएर ६ वटामा मात्रै जित्यौं, यदि हामीबीच विवाद भएन र एकढिक्का हुन सक्यौं भने आगामी स्थानीय चुनावमा काँग्रेसलाइ पुन २०४९ कै अवस्थामा पु-याउन सकिने विस्वास व्यक्त गर्दै उहाँले भने यसका लागि आन्तरिक विवादको सम्बोधन तत्काल गरिनुपर्नेमा उहाँको जोड रहेको छ ।यसैवीच १४ गतेको आमसभाका क्रममा पार्टी सभापति देउवाले  शिक्षक संघको पार्टी कार्यालयमा निर्माण गरिएको सहिद शिक्षकहरूको सालिक अनावरण गर्ने कार्यक्रमको अलावा दाङमा जारी माघी महोत्सवमा पनि सभापति देउवा सहभागी हुने कार्यक्रम रहेको बताईएको छ । त्यस्तै यसवीचमा नै बाँकेमा निर्माण गरिएको प्रजातन्त्रका पिता गणेशमान सिंहको सालिक समेत अनावरण गर्ने कार्यक्रम रहेको कांग्रेस मुख्यालयले जनाएको छ ।