शनिबार, बैशाख ८, २०८१

कैलालीका मुक्त कमैया बस्तीमा ३२ परिवारलाई कम्बल बितरण

गाउँको  विकट अवस्थाका कारण त्यहाँका बालबालिका वर्षा याममा विद्यालय जानबाट बन्चित

काठमाडौ माघ १३,  युएईमा रहेका एमआरआरकाको पहलबाट  संकलीत रू २५ हजार बाट  शनिबार कैलाली जिल्ला कोटा तुल्सीपुर ९१ दानुफांटा स्थित मुक्त कमैया बस्तीमा ३२ परिवारलाई कम्बल बितरण गरेको छ ।  राजमार्गबाट करिब १० किमि भित्र रहेको उक्त गाउँमा हालसम्म बिजुली नपुगेको र विद्यालय जानको coverलागि एउटै खोला पाँच पटक सम्म तरेर जानुपर्ने बाध्यता रहेको छ । गाउँको यस्तो विकट अवस्थाका कारण त्यहाँका बालबालिका वर्षा याममा विद्यालय जानबाट बन्चित हुनुको अलावा थप भौतिक सुविधाबाट समेत बन्चित हुने गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै त्यस गाउंमा अन्यत्र अध्ययनरत एकजना भाईले मात्र फेसबुक चलाउंदा रहेछन् जसलाई एमआरआर समूहमा समावेश गरि भविष्यमा सकेको सहयोगको लागि समन्वय गर्नेगरि टोली फर्किएको छ ।  स्थानीय प्रतिनिधि रूपक जोशी र मनोरम जोशीले ठाउँ पहिल्याई समन्वय गर्नुभएको उक्त कार्यक्रममा आवश्यक कम्बल जुटाई समूहका एड्मिन बिक्रम केसी पुगेका थिए । एमआरआर लभ बैंकका स्वयंसेवी नेत्र राना, सुबोध बुढाथोकी, ईस्माम अन्सारी, सन्तोष कुमार थापा, शर्माजीको सहयोगले बेलैमा कार्यक्रम गर्न सकिएको धनगढिमा रहेका अर्का एड्मिन मनिष थापाले बताए ।