मङ्लबार, बैशाख १८, २०८१

प्रचन्द्र नेतृत्वको सरकारमा दुई मन्त्री थपिँदै

काठमाडौ माघ ६, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचन्द्र नेतृत्वको वर्तमान सरकारमा दुई मन्त्री थपिने भएका छन् । साना दलका तर्फबाट  भन्दै  समाजवादी Captureजनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार  खड्कालाई मन्त्री  बनाउन लाग्नुभएको हो ।

यसरी आज थप गरिने मन्त्रीको सख्यासंगै प्रचन्द्र नेतृत्वको सरकार ४३ सदस्यीय हुने भएको छ । उहाँहरु दुवैलाइ क्रमशः खानेपानी तथा सरसफाइ र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । त्यस्तै प्राप्त समाचारमा नियुक्त हुने मन्त्रीद्दयलाइ आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने भएको छ ।