बुधबार, बैशाख १२, २०८१

बढ्दो अपराधिक घटनाक्रम न्यूनिकरणका लागि सिसी क्यामरा राखिदै

भक्तपुर माघ ६, जिल्लामा बढ्दो अपराधिक लगायतका घटनाक्रमलाइ न्यूनिकरण गर्न अभिप्रायले महानगरीय प्रहरी वृत्त थिमिले चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । प्रस्तुत कार्यकार्यलागि प्रहरीले महानगरीय प्रहरी वृत्त थिमिले पहिलो चरणमा १२ र फागुन दोस्रो साता सम्ममा २० वटा सिसी Captureक्यामरा जडान गर्ने जनाउ  दिदै प्रस्तुत कार्ययोजनाका लागि मध्यपुर थिमि नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने जानकारी दिएको छ ।

त्यसैगरी प्रहरीले स्थानीय बासिन्दा, दलका प्रतिनिधि र समाजसेवीसँगको बृहत् छलफलपछि सिसी क्यामरा अभियान सुरु गरिएको हो । सिसी क्यामरा जडानका लागि प्रहरी वृत्त थिमिले सहयोग गर्न दातालाई समेत आग्रह गरिएको आग्रह गरेको उल्लेख गर्दै प्राप्त समाचारमा  सिसी क्यामरा जडान सँगै चोरी, डकैती, लुटपाटलगायत अन्य आपराधिक गतिविधिमा न्यूनीकरण हुनुको अलावा सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारीलाई नियन्त्रण लिन सहयोग पुग्ने प्रहरीको विस्वास गरिएको बताईएको छ ।