बिहिबार, बैशाख १३, २०८१

सडक विस्तारको क्रममा प्रहरी र स्थानीयबीच झडप , संघीय समाजवादीद्दारा घटनाको घोर भत्सर्ना

काठमाडौं माघ ६, मकवानपुरमा महेन्द्र राजमार्ग विस्तारका क्रममा राप्तीरोडमा स्काभेटर प्रयोग गरी घर भत्काउन सुरु गरेपछि विहीबार प्रहरी र स्थानीयबीच झडप भएको छ ।  घर–जग्गाको मुआब्जा नपाएकोमा तिव्र आक्रोस सहित प्रतिरोधमा उत्रेका स्थानीय र प्रहरीको झडपको क्रममा १ जना प्रहरी घाइते हुनुको अलावा hetauda press bigyaptiप्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको समाचार प्राप्त भएको छ ।

यसैवीच प्रस्तुत घटनाको घोर भत्सर्ना गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो रिजवान अन्सारीले एक विज्ञप्ति जारी गर्दै राजमार्ग विस्तारको विना सूचना जनताको घर टहरा भत्काउँने जनताले पाउँनु पर्ने मुआब्जा समेत नदिए अन्धाधुन्द प्रहरी दमन सहित राज्यले गरेको व्यवाहरको निन्दा गरेको छ ।  त्यस्तै विज्ञप्तिमा जनतामाथि दमन नभइ न्यायेचित व्यवाहर गर्दै जायज मागको सम्बोधन गर्न समेत माग गरिएको छ ।