मङ्लबार, बैशाख १८, २०८१

वृहत जनप्रदर्शनको तयारीका लागि यस्तो छ एमालेको निर्देशन

काठमाडौ पौष १०,  व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा सडक देखि सदनसम्म विरोध गर्ने प्रतिपक्षीदल नेकपा एमाले लगायतका विपक्षी नौ दलले पौष २२ गते राजधानीको  भृकुटीमण्डपमा सभा गरी संविधान कार्यान्वयनका पक्षमा राष्ट्रिय एकताको समर्थनमा गर्ने भनिएको वृहत जनप्रदर्शनको तयारीका लागि आफ्ना जनसङ्गठनलाई आवश्यक निर्देशन दिएको छ ।  एमालेको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आइतबार भएको  बैठक पछि जारी  विज्ञप्तिमा     || Communist Party of Nepal (Unified Marxist Leninist) || || Communist Party of Nepal (Unified Marxist Leninist) ||  उल्लेख भएअनुसार पौष १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोलस्तरका कमिटी र जनसङ्गठनका जिल्लाभन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चका बैठक बस्दै कार्य सम्पादन गर्न निर्देशन दिइनुको अलावा विरोधसभाको प्रचारका लागि मोटरसाइकल-याली र कोणसभाको पनि तयारी गर्न निर्देशन दिईएको उल्लेख गरिएको छ ।

त्यस्तै वृहत सभा एवम संशोधन प्रस्तावको विरोधमा एकाकार भएका नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी लोकतान्त्रिक, नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टीका अध्यक्षको हस्ताक्षर भएको अपिल घर९घरमा पुर्‍याउने योजना समेत बनाइएको छ । त्यस्तैगरि फेसबुक, पेज, ट्वीटरमा छोटा भाषा र आर्कषक ढंगले २२ गतेका सन्देश पोस्ट गर्न, फेसबुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर गु्रप बनाउने, प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देशमात्र प्रवाह गर्न पनि आग्रह गरेको उल्लेख गरिएको छ भने पौष २० र २१ गते एसएमएस भाइरल   अभियान अन्र्तगत     प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एसएमएस पठाउने र २२ गते ३ घण्टाका लागि सबै सडकमा आउने, सिठी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने  गर्न  भनेको  छ ।