शुक्रबार, चैत्र १६, २०८०

अवदेखि अनलाइनबाटै सवारी चालक अनुमतिपत्र आवेदन दिन सक्ने

काठमाडौं पौष १०,  यातायात व्यवस्था विभागद्दारा आजबाट सवारी, चालक अनुमतिपत्र आवेदन अनलाइनबाट दर्ता गर्ने सिस्टमको सुभारम्भ गरेको छ । विभागले captureआज आयोजा गरेको एक र्काक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनबाट दिन सक्ने सिस्टमको सुभारम्भ गर्दै सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनबाट सुरु भएपछि सेवाग्राहीले छिटो सेवा पाउने बताउँदै मन्त्री लेखकले यातायात क्षेत्रमा पहिलोपल्ट प्रारम्भ भएको अनलाइन सेवालाई थप सुधार गरिँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले अनलाईन माध्यमले दैनिकरुपमा धेरै कष्ट गरेर आवेदन भर्नुपर्ने अवस्थाको अन्त्य हुनुका साथै समयको बचतसमेत हुने जनाउ दिदै हाललाइ अनलाइनबाट दुई पाङ्ग्रे मोटरसाइकल र स्कुटरको लागि आवेदन दिन सक्ने जानकारी दिनु भएको उल्लेख गरिएको छ ।