मङ्लबार, बैशाख १८, २०८१

सर्वोच्चमा कार्कीको नियुक्ति प्रकरणमा सुनुवाइ सुरु

 कार्कीलाइ कालोमोसो दल्ने असफल प्रयास,  शुक्रवार थप वहस हुने, भ्रष्टाचार नियन्त्रण अभियानमा आफू निरन्तर लागिरहने कार्कीको प्रतिवद्धता

काठमाडौ पौष ७ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति प्रकरणमा अधिवक्ता ओमप्रकाश lokman-man-singh-karki-400x250अर्यालद्दारा दायर मुद्दामा सर्वोच्च अदालतमा आजबाट पहिलो पेशीको सुनुवाइ सुरु भएको छ ।  न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।
रिट दायर गर्ने अधिवक्ता अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्र लगायतले बहस गर्नुभएको थियो भने निलम्वित आयुक्त कार्कीका पक्षबाट आज सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गर्नुभएको थियो । प्रस्तुत मुद्धामा शुक्रबार विपक्षको तर्फबाट थप बहस हुने बताईएको छ ।

यसैबीच, मुद्दाको पेसी बुझ्नका लागि सर्वोच्च अदातलमा पुग्दा निलम्वित प्रमुख आयुक्त कार्कीमाथि आज दुई व्यक्तिले कालोमोसो दल्ने प्रयास गरेका थिए । कालोमोसो दल्न प्रयास गर्ने दुबै जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । पेसी बुझ्दै गर्दा कार्कीमाथि कालोमोसो लगाउने प्रयास गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै प्रस्तुत घटनाको केहि समयपछि निलम्बित प्रमुख आयुक्त कार्कीले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचार नियन्त्रण अभियानमा आफू निरन्तर लागिरहने जिकिर गर्नु भएको छ । त्यस्तै विज्ञप्तिमा भ्रष्टाचार नियन्त्रणका क्रममा आफूले सामना गर्नुपरेको बाधा र व्यवधानले आफूलाई थप मजवुत बनाएको बताउँदै भ्रष्टाचारको जालोले मुलुककलाइ गाँज्दै गर्दाको अवस्थाका कारण आफुले सर्वत्र सफाइका निम्ति निडरतापूर्वक अभियान चलाएका कारण यो वा त्यो वहानामा अनेकन व्यवधानको सामना गर्नु परेको उल्लेख गर्नु भएको छ ।