बुधबार, जेष्ठ २, २०८१

सार्क शिखर सम्मेलनमा सबै सदस्य राष्ट्रको सहभागितामा सुनिश्चित गर्न नेपालको आह्वान

काठमाडौ आश्विन १३, भारत र पाकिस्तानवीच यो वा त्यो वहानामा चुलिदै गएको विवादका कारण पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक २४ र २५ गते हुने १९ औँ सार्क शिखर captureसम्मेलनमा चार सदस्य राष्ट्रले सहज वातावरण नभएका भन्दै सम्मेलनमा सहभागी हुन नसक्ने जनाउ दिएपछि प्रस्तुत प्रसंगमा सार्कको अध्यक्ष राष्ट्रको हैसियतले आज विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले यसको लागि आवश्यक वातावरण बनाउन पहल हुने विश्वास व्यक्त गर्दै वर्तमान अध्यक्षको हैसियतले नेपालले आफ्नातर्फबाट पूरा गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेकोे स्पष्ट पारेको छ ।
त्यस्तै विज्ञप्तिमा सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित हुने गरी चाँडोभन्दा चाँडो सार्क शिखर सम्मेलन आयोजना गर्नेतर्फ सहज वातावरण तयार गर्न पनि नेपालले आह्वान गरेको छ ।
स्मरण रहोस सार्कको परम्परामा एक सदस्य राष्ट्रले मात्र भाग लिन नसक्ने जानकारी गराएको अवस्थामा पनि शिखर सम्मेलन आयोजना हुन नसक्ने प्रावधान छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031