बुधबार, जेष्ठ २, २०८१

राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौ भाद्र १० , राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणघाट– मुग्लिन सडकखण्डमा बस दुर्घटना भई त्रिशूली नदीमा 46464खस्दा भएको २१ जनाको अकालमा मृत्यु हुँने गरि भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले सो घटनामा परी मृत्यु भएका शोक सन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।  विगत केही समयदेखि यस प्रकारका सडक दुर्घटनाको क्रम बढेकाले भविष्यमा यस्ता दुःखद घटना नदोहोरिनेतर्फ सरोकारवाला सबैको समयमै ध्यान पुग्ने विश्वाससमेत व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031