बिहिबार, बैशाख २७, २०८१

मन्त्रिपरिषद् बैठक : उपप्रधानमन्त्रीद्वय निधि र महराद्वारा भ्रमणको विफ्रिङ

काठमाडौ भाद्र ७ , छिमेकी राष्ट भारत र चीनसंगको सम्बन्ध सुमधुर बनाउँन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत र चीन भ्रमणमा जानु भएका उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महराले आफ्नो mantri-602x256भारत तथा चीन भ्रमणको क्रममा भए गरेका उपलब्धि सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा जानकारी गराउनुभएको छ ।

बैठकमा उपप्रधानमन्त्रीद्वय निधि महराले छिमेकी राष्ट भारत र चीनको भ्रमण आशातितिरुपमा सफल भएको र भ्रमणको क्रममा मुलुकमा सरकार परिवर्तनको आवश्यकता औचित्य लगायतका सवालमा जानकारी गराईदा दुवै छिमेकी मुलुकले नयाँ सरकारका प्राथमिकतामा सकारात्मक रहेको विफ्रिङ गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रामकुमार कार्कीले बताउँनु भएको छ ।

त्यस्तै आजको बैकले राष्ट्रिय प्राकृतिक विपद् प्रतिकार्य कार्यढाँचासम्बन्धी विधेयकलाई सम्बन्धित समितिमा पठाउने निर्णय गर्नुको अलावा सरकारले संयुक्त बजार अनुगमनका क्रममा अनियमितता गरेको पाइएका व्यवसायीलाई कारबाही गर्न सम्बन्धित निकायलाइ निर्देशन दिएको मन्त्री कार्कीले जानकारी दिनु भएको छ ।