आइतवार, जेष्ठ ६, २०८१

मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने प्रम प्रचण्डको जिकिर

काठमाडौ भाद्र ६,  गणतान्त्रिक नेपालको दोस्रो उपराष्ट्रपति नन्दबहादुर पुनसँगको आज भएको भेटवार्तामा माओवादी Captureकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने बताउँनु भएको छ ।
उहाँहरुवीच उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भएको भेटवार्ताको क्रममा उपराष्ट्रपतिले अन्तरिम संविधान २०६३ को व्यवस्थानुसार उपराष्ट्रपतिको व्यवस्था भए पनि हालसम्म उपराष्ट्रपति कार्यालयको आफ्नै भवन नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभएको सम्वद्ध स्रोतले जनाएको छ ।  सोको प्रतिउत्तरमा प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको कार्यालय र निवासका लागि आफू गम्भीर भएको बताउँदै मन्त्रिपरिषद्ले पूर्णता पाउनासाथ यस सम्बन्धमा निर्णय गर्ने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।