मङ्लबार, बैशाख १८, २०८१

डिना केन्द्रीय सदस्यमा मनोनित

काठमाडौ श्रावण १६, काँग्रेसको विधानत पार्टी सभापतिले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यवस्था  अनुरुप नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्यमा महालक्ष्मी उपाध्याय ‘डिना’लाई आज मनोनयन गर्नुभएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तिमा उल्लेख भएअनुसार काँग्रेसको १३ औँ महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्यमा चुनाव लडेकी ‘डिना’लाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको उल्लेख गरिएको छ । सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिसक्नुभएको छ ।