शुक्रबार, बैशाख ७, २०८१

वर्षायाम सुरु भएसँगै उपत्यकामा बढ्यो भाइरल ज्वरोको प्रकोप

काठमाडौ श्रावण १६, उपत्यकामा वर्षायाम सुरु भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । टेकु अस्पतालमा अहिले रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्याधिक बढ्दै गएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार यसवीचमा होसियारी नअपनाए यो समयमा भाइरल ज्वरोको प्रकोप बढ्न सक्ने  जनाएको छ ।

त्यस्तै अहिले टेकु अस्पतालमा आउँने प्राय विरामीमा कामज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, जोर्नी दुख्ने र कहिलेकाहिँ वाकवाक लाग्नेजस्ता समस्या रहेको जनाएको छ । साथै प्रस्तुत समस्याबाट लक्का जवान तथा बालवालिका बढि प्रभावित रहेको बताउँदै बद्लिदोे मौसम, वायु प्रदुषण तथा दुषित पानीका कारण बालबालिकामा भाइरलको संक्रमण ज्यादा हुन्छ । यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । हाछ्युँ गर्दा, नजिकै बस्दा, ज्वरो आएको व्यक्तिले प्रयोग गरेको रुमाल अर्को व्यक्तिले प्रयोग गर्दा यो रोग एकआपसमा सजिलै सर्छ ।

विशेषगरी कमजोर शारिरिक अवस्था भएका बालबालिकामा रोगसित लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । परिणाम स्वरुप हावामा तैरिरहने यसको जीवाणु मानिसको शरीरमा पस्दा त्यसले शरीरलाई कमजोर बनाई संक्रमण सहित समस्या उत्पन्न गराउँने बताईएके छ ।त्यसअर्थमा पनि यसबाट बच्न बालबालिकालाई प्रदुषण तथा अशुद्ध पानीबाट टाढै राख्नुराख्नु पर्ने चिकित्सकको सुझाव छ । विशेषगरी काठमाडौमा हरेक दिन संक्रमित बालबालिकाको संख्या बढिरहेको अवस्थामा यसतर्फ ध्यान दिनु झनै जरुरी भएको चिकित्सकहरुले बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु