शुक्रबार, बैशाख ७, २०८१

न्यायपरिषद्द्दारा सिफारिस ११ जना न्यायाधीशको नाम अनुमोदित

काठमाडौ श्रावण १६, न्यायपरिषद्को गत वर्षको फागुन १८ गते बसेको बैठकको निर्णयानुसार न्यायाधीशमा नियुक्तिका nepal_supreme_court_1लागि सिफारिस ११ जना गरिएका न्यायाधीशहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ ।

समितिको आज बसेको बैठकमा सर्वाेच्च अदालतको लागि प्रस्तावित न्यायाधीशहरुमा क्रमस दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहनु भएको छ भने  वरिष्ठ अधिवक्ताको तर्फबाट न्यायाधीशमा नाम अनुमोदन गरेका वरिष्ठ अधिवक्तामा हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्ल रहनु भएको छ ।