बुधबार, बैशाख १९, २०८१

युरो कप अन्र्तगत आजबाट क्वाटर फाइनलका खेल सुरु हुँदै

पहिलो खेलमा स्वीट्जरल्यान्ड पोल्यान्डसंग भिड्ने

काठमाडौ आषाढ ११ ,  फ्रान्समा जारी युरो कप फुटबलमा आजबाट प्रि–क्वाटर फाइनलका खेलको पहिलो ३ खेल सुरु हुँने भएको छ ।   पहिलो खेलमा समूह ए को उपविजेता स्वीट्जरल्यान्डले समूह सीको उपविजेता पोल्यान्डसँग खेल्ने छन जुन खेल नेपाली समयअनुसार बेलुका Captureपौने सात बजे सुरु हुने छ ।

त्यस्तै राति पौने १० बजे समूह ए को विजेता वेल्सले नर्दन आयरल्यान्डसँग खेल्ने छ भने आजै राति पौने १ बजे हुने खेलमा समूह डीको विजेता क्रोएसियाले उत्कृष्ट तेस्रोको रुपमा आएको पोर्चुगलसँग खेल्ने भएको छ ।  ६ समूहमा रहेका २४ मुलुक बाट प्रत्येक समूहको शीर्ष दुईमा रहेका १२ तथा उत्कृष्ट तेस्रो चार टिम अन्तिम १६ मा पुगेका छन् । त्यस्तै
नकआउट चरणका ८ खेल तीन दिनमा सकिने छन् ।