मङ्लबार, बैशाख १८, २०८१

पेसागत महासङ्घको महाधिवेशन शुक्रवार

काठमाडौ आषाढ १, स्वाधीन अर्थतन्त्र र समृद्ध पजवनका लागी गुणस्तरीय सेवा भन्ने मुल नारा सहित पेसागत महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन यही आषाढ ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

conep press release 2073-3-1-1महासङ्घद्दारा जारी विज्ञप्तिमा महाधिवेशनमा महासङ्घमा आबद्ध २५ राष्ट्रका घटक, ४७ वटा प्रतिष्ठानस्तरका टे«ड युनियन र महासङ्घका ५७ जिल्लाबाट ८०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको अलावा इजिप्ट, भियतनाम, मलेसिया, भारत, पाकिस्तान बङ्गलादेश, श्रीलङ्कालगायत मुलुकको २० भन्दा भढी अन्तर्राष्ट्रिय टे«ड युनियनका नेताहरुको सहभागिता सहभागिता रहने उल्लेख गरिएको छ ।

त्यस्तै प्रस्तुत महाधिवेशनले प्रादेशिक साङ्गठानिक संरचनासहितको विधान संशोधन प्रस्तावसँगै आगामी चार वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्नेछ । महाधिवेशनको उद्घाटन ३ गते प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै आसन्न महाधिवेशनले राष्ट्रिय बचत परिचालन र प्रगतिशील कर प्रणालीका माध्यमद्वारा राष्ट्रिय पुँजीको विकास, गुणस्तरीय सेवा प्रवाह र आर्थिक समृद्धिका लागि चालिनुपर्ने कदमबारे महाधिवेशनले उचित निष्कर्ष निकाल्ने महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।