शुक्रबार, चैत्र १६, २०८०

कामपालाइ एकीकृत योजना केन्द्रबाट सञ्चालन गर्न उपप्रम थापाको निर्देशन

काठमाडौ आषाढ १, कार्यसम्पादन तथा विकास व्यवस्थापनका विषयमा जानकारी लिन आज काठमाडौं महानगरपालिको मुल्यालय पुग्नु 13418641_1725039764422201_3629320985886366161_o13418416_1725040764422101_7909235444252557688_o13403831_1725043937755117_3259272881406082716_oभएका उपप्रधान, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले विकास निर्माणमा फरक फरक निकाय सहभागी हुनाले नागरिक लाभान्वित हुन नसकेकोप्रति टिप्पणी गर्दै साना योजना वडामा पठाएर एकीकृत योजना केन्द्रबाट सञ्चालन गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । साथै उहाँले त्यस क्रममा निश्चित समय तोकेर रिङ्ग रोड भित्रका सबै सडक कालोपत्रे गरिसक्न समेत निर्देशन दिनुभएको थियो ।

उपप्रम थापाको निर्देशन पछि महानगरका प्रमुख तथा कार्यकारी अधिृकत रुद्रसिंह तामाङ्गले बार्षिक कार्यक्रम, सञ्चालित योजना, भुकम्पीय प्रभाव व्यवस्थापन, नागरिकका बिकास चाहनालगायतका बिषयमा जानकारी गराउँदै राजधानी सहर व्यवस्थापनमा भएका अभ्यास प्रस्तुत गर्दै उपत्यकाको एकीकृत विकास प्रारुप अवको गन्तव्य हुनु पर्ने प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्को भनाइ थियो ।

त्यस्तै महानगरको भौतिक विकासका पक्षमा जानकारी दिने क्रममा भौतिक पुर्वाधार तथा निर्माण विभागका प्रमुख डा उत्तरकुमार रेग्मीले महानगरका नियमित भौतिक कामहरु, १ बर्षिय तथा बहुबर्षिय योजनाहरु, सौर्य उर्जा कार्यक्रम, विकासमा जनसहभागितालगायतका बिषयमा जानकारी दिनु भएको थियो भने चालु आर्थिक बर्षमा सांस्कृतिक सम्पदाहरुको निर्माण तथा मर्मतकालागि ११ करोड रकम बराबरका कार्यक्रम अघि बढाइएकोमा सरकारबाट अपेक्षा गरिएको ५ करोड रुपैयाँ प्राप्त हुन नसकेको जनाउँदै सम्पदा तथा पर्यटन विकास विभागका प्रमुख अर्चना श्रेष्ठले आर्थिक बर्ष २०७३÷७४ को प्रथम चौमासिकमा सम्पदा पुननिर्माण तथा मर्मत सम्बन्धी पक्रिया अघि बढाइने र दोँश्रो चौमासिकबाट काम थालिने जानकारी दिनुभएको थियो ।  उपप्रमको भ्रमण अवलोकन भ्रमणका क्रममा राज्यमन्त्री कुन्ती कुमारी शाही, मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्ग, सहसचिवहरु पुर्णचन्द्र भट्टराई, गोपिकृष्ण खनाल, धनबहादुर श्रेष्ठ संगै महानगरका पूर्व प्रमुख राजाराम श्रेष्ठ समेतको सहभागीता रहेको हुनुहुन्थ्यो ।