शुक्रबार, चैत्र १६, २०८०

प्राधिकरणका लेखापाल लेखापाल सिंहविरुद्ध मुद्धा दायर

काठमाडौ आषाढ १, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत लेखापाल सत्येन्द्रनारायण सिंहलाई akhtiyar-600नक्कली शैक्षिक योग्याताको प्रमाणपत्र पेस गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

आयोगले आज जारी विज्ञप्तिमा लेखापालले सिंहले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समिति पटना, भारतबाट सन् १९८४ मा जारी एसएलसी तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुठा देखिन आएकाले निजउपर मुद्धा दायर गरेको उल्लेख गरिएको छ । त्यस्तै आयोगले निजलाइ सिंह प्रचलित भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको दण्ड सजायको  माग दाबी गरिएको छ