मङ्लबार, बैशाख १८, २०८१

विप्लव नेतृत्वको माओवादी कार्यकर्ताद्दारा एनसेल टावरमा आगजनी,टेलिफोन सेवा अवरुद्ध

काठमाडौं ज्येष्ठ २९, टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको Ncell-Logo_682319232माओवादीले गोरखाको ठामडाँडामा रहेको एनसेलको टावरमा आगजनी गरेको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचारमा उल्लेख भए अनुसार विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले एनसेलको टावरमा आज पेट्रोलियम पदार्थ छर्केर आगो लगाएको उल्लेख गरिएको छ । त्यस्तै आगलागी पछि स्थानीय क्षेत्रको टेलिफोन सेवामा अवरुद्धता देखिएको स्थानीय वासीको मनोभाव प्रकट गरिएको छ । आगलागीबाट टावरमा के, कति क्षति पुगेको भन्नेबारे पूर्ण आइनसकेको जनाउँदै आगो लगाउने समूहको प्रहरीले खोजी गरिरहेको उल्लेख गरिएको छ ।