बिहिबार, बैशाख १३, २०८१

राठौर, बुढाथोकी र घिमिरे काँग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं ज्येष्ठ २८,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन nc-flageगर्नुभएको छ । मनोनीत हुनेमा बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरे रहनुभएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।