शनिबार, बैशाख १५, २०८१

गठबन्धन सरकारले ल्याएको बजेट सस्तो लोकप्रियताको डम्फु: नेता सिंह

काठमाडौ ज्येष्ठ २९ काँग्रेस नागार्जुन कार्यसमितिद्वारा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उप्रधानमन्त्री प्रकाशमान सिंहले एमाले अध्यक्ष एवम् प्रम केपी ओली नेतृत्वको गठबन्धन सरकारले ल्याएको बजेटले 13413639_10154230980087329_2794885006462607351_nसस्तो लोकप्रियताको डम्फु बजाउनुको अलावा कार्यान्वयन तर्फ मुखरित हुन सक्ने कुनै आभार दिन नसकेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा सरकारलाइ सस्तो लोकप्रियताका लागि भाषण बाजीमात्र नभएर व्यवाहरमुखि र जनउत्तरदायि कार्यसम्पादन गर्न समेत आग्रह गर्नु भएको प्राप्त् समाचारमा उल्लेख गरिएको छ । त्यस्तै समाचारमा काँग्रेसका केन्द्रीय सदस्य एवम सासंद नवीन्द्रराज जोशी , काठमाडौँका सभापति सबुज बानियाँ प्रा डा गोविन्द पोखरेल लगायतले प्रशिक्षण दिनुहुने उल्लृख गरिएको छ ।