बिहिबार, बैशाख ६, २०८१

आइतवार नयाँशक्ति नेपाल पार्टीको औपचारिक घोषणा गरिने

काठमाडौं ज्येष्ठ २९, डा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आइतबार एक कार्यक्रमकावीच दशरथ रङ्गशालामा औपचारिक नयाँशक्ति नेपाल पार्टीको घोषणा गर्नेभएको छ ।  आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा naya-shakti-flge-300x183 (1)nayashakti letterheadप्रतिष्ठानमा बन्दसत्रको आयोजना गर्ने तयारी रहेको सम्वद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार बन्दसत्रले पाटर्री बाँकी पार्टी पदाधिकारीको चयन गर्ने तयारी रहेको थाहा भएको छ ।

पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ भने घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने नयाँ शक्तिका युवा नेता एवम् पत्रकार योगेन्द्र प्रताप शाहीले जानकारी दिनु भएको छ ।
त्यस्तै उहाँले प्रधानमपार्टी घोषणा सभामा प्रम केपी ओलीसहित विभिन्न दलका शिर्ष नेता एवम् नेपालस्थित विभिन्न देशका राजदूतलाई समेत निम्तो गरिएको जानकारी दिनुएको छ ।  यसैवीच अबको निकास आर्थिक विकास’ भन्ने नारासहित एक लाखभन्दा बढीलाई एकैपटक संस्थापक सदस्य बनाउने तयारी रहेको उक्त सभामा समलिङ्गी तथा तेस्रोलिङ्गीको समेत सहभागीता रहने बताईएको छ ।