मङ्लबार, बैशाख २५, २०८१

भिठ्ठामोड सडक खण्डको पीपरा सडक अवरुद्ध, सरकारसँग फाँसीको माग

   जनकपुर वैशाख १९ ,
IMG_9823[1]सुन्दर अभियानीहरुले आज जनकपुर–भिठ्ठामोड सडक खण्डको पीपरामा एकघण्टा सडक अवरुद्ध गरी सरकारसँग फाँसीको माग गरेका छन् । उनीहरुले ‘सडक बनाउ या फाँसी देउ, किस्तावन्दीमा मृत्यु चाहिंदैन’ भन्दै सडक अवरुद्ध गरेका हुन । सडकको कारणले दिनहुँ दुर्घटनाको संख्या वढ्दै गएको, सडक बगरमा परिणत भएको, धुलोको कारण यात्रु एवम् सडक छेउका वासिन्दा विभिन्न रोगको शिकार IMG_9830[1]भइरहेको, पर्यटक संख्यामा ह्रास भएको र वर्षौंदेखि कुनै न कुनै बहानामा सडक उपेक्षाको शिकार भएको भन्दै उनीहरुले सडक निर्माणको कार्य यथाशिघ्र सुचारु गर्न माग गरेका छन् ।
नेपाल सरकारले ठेकेदारसँग सम्झौता गरी काम सुचारु नगरे सम्म आफूहरुको आन्दोलन नरोकिने सुन्दर अभियानीहरुले जनाएका छन् । एकवर्ष अगाडी पनि सुन्दर अभियानीहरुले गरेको आन्दोलन पश्चात नेपाल सरकारले २५ कडोर विनियोजन गरेको थियो भने भारत र नेपालको कानूनी पेंचको कारणले सडक अहिले सम्म बन्न नसकेको हो ।
सडक आन्दोलनमा सुन्दर अभियानीहरु मनोज झा मुक्ति, दिनेश चौधरी, महेश यादव(नयाँ शक्ति नेपाल), विवेकानन्द ठाकुर, नेसपा नेतृ आशा झा, नेसपा युवा मञ्चका केन्द्रीय अध्यक्ष रोशन सिंह राणा, समाजवादी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानु, पिपराका निवर्तमान अध्यक्ष रामजानकी यादव, तमरा अभियानका कुन्दन पाण्डे लगायतका सयौं सडक पीडीतको उपस्थिति रहेको थियो । कार्यक्रममा विवेकानन्द ठाकुर, संजिव मिश्रा, मनोज झा मुक्ति लगायतका कविले सडकमै कविता भनेर सडक आन्दोलनलाई मनोरञ्जक बनाएका थिए । सोमवार सडक अवरुद्धको कार्यक्रम परिकौली चौकमा रहेको अभियानले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30