बिहिबार, चैत्र १५, २०८०

सडक देउ या फासी देउ भन्दै प्रम ओलीलाइ ज्ञापन

रञ्जन भण्डारी
जलेश्वर वैशाख १८,
वर्षौ देखिको जर्जर सडक र सो मा आफ्नो ज्यानको वाजी लगाएर यात्रा गर्न विवश यात्रीहरुको मर्मलाई आत्मसात गर्दै सुन्दर अभियानका अभियन्ताहरुले पुनः सडक तताउने भएका छन । विहिवार प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादव मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउदै 20160428_151445[1] 20160428_155504[1]ठोस निर्णय नदिए आईतवार देखि नै दैनिक एक घन्टा चक्काजाम गर्ने जनाएका छन ।

ज्ञापन पत्र बुझदै प्रजिअ यादवले आफुहरुसमेत सडक पिडित भएको भन्दै कानुनको परिधी भित्रको आन्दोलनमा आफ्नो समेत समर्थन रहने जनाएका छन । सडक कै दुरावस्थाका कारण अकालमै ज्यान गुमाउनेहरुको संख्या उल्लेख्य रहेकोमा भारत र नेपाल कसले पैसा लगानी गर्ने वारे अन्यौलता उत्पन्न भएपछि सडक निर्माण अलपत्र परेको हो ।

गत वर्ष समेत सुन्दर अभियानका अभियन्ताहरुले सडककै लागि आन्दोलन गर्दा सडक डिभिजन तथा अन्य विभिन्न निकायवाट समेत प्रतिवद्धता जनाईएपनि सो हाल सम्म कार्यान्वयन नभएको साथै ठेक्का प्रकृयामा समेत गईसकेको सडकको सम्झौता अझै हुन नसकेर काम सुरु हुन नसक्नु दुर्भाग्यपुर्ण भएको अभियानीहरु गुनासो गर्छन । अवको आन्दोलन भने कि त सडक कि त फासीको हुने समेत उहाहरुले बताएका छन ।  खराव सडककै कारण अस्पतालमा स्वास प्रस्वास सम्बन्धी रोगीको संख्य विगत केहि वर्षमा हवात्तै वढेको छ भने दर्जनौ सडक दुर्घटनामा कयौले ज्यान समेत गुमाईसकेका छन ।