संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु आजकोे आवश्यकता : राष्ट्रपति
काठमाडौ चैत्र ९, रङगको पर्व होलीको अवसरमा नेपालीमा खुसीका रङहरू छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याउन सकोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिनु भएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
त्यस्तै सन्देशमा राष्ट्रपति भण्डारील फागुपर्वले सबै नेपालीबीच सामाजिक एकता कायम गर्दै बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्दै चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।
त्यस्तै गरि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि फागु पर्वको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, समृद्धि, सुस्वास्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दै शरद् ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद् समयमा आउने यस पर्वले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न तथा आपसी मेलमिलापको वातावरण सिर्जना गर्ने सकोस भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।