बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् बैठक : १३औँ ब्रसेल्स सम्मेलनपछि जारी संयुक्त वक्तव्य नेपालको सार्वभौमसत्ता विपरीत भएको ठहर

काठमाडौ चैत्र १९,  मन्त्रिपरिषद्को आजको बसेको बैठकले भारत र युरोपेली सङ्घबीच ब्रसेल्समा हालै भएको बैठकपछि जारी संयुक्त वक्तव्यमा नेपालका बारेमा गरिएको टिप्पणीप्रति औपचारिक धारणा सार्वजनिक गर्दै प्रस्तुत टिप्पणीप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  त्यस्तै बैठकले भारत र युरोपेली सङ्घबीच १३औँ ब्रसेल्स सम्मेलनपछि जारी संयुक्त वक्तव्य नेपालको oli-cabinet-1st-meeting-650x388सार्वभौमसत्ता विपरीत रहेको ठहर गर्दै नेपाल सार्वभौसत्तासम्पन्न एक स्वतन्त्र राष्ट्र हो । नेपालमा कुनै संवैधानिक समस्या र अशान्तिको अवस्थासमेत नरहेको र संविधानको कार्यान्वयनमा रहेका बेला यस्तो वक्तव्य आउनु सर्वथा अनुचित रहेको ठहर गरिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गत साता सम्पन्न चीन भ्रमण युगान्तकारी रहेको ठहर गर्दै नेपाल र चीन वीच भएको पारवहन तथा यातायात, जलविद्युत्, लगानी विस्तार, प्रसारण लाइन, विमानस्थल निर्माण सहयोगजस्ता सम्झौता ऐतिहासिक महत्वको रहेको निष्कर्ष निकालिएको जनाउ दिदै प्रवक्ता राइले थानीय निकाय निर्वाचन कार्यविधि ऐन, २०४८ लाई संशोधित गर्न बनेको विधेयक २०७२’ लाई व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न मन्त्रिपरिषद्को सम्बन्धित समितिमा पठाउने निर्णय गरेको बताउँनु भएको छ ।