मङ्लबार, बैशाख १८, २०८१

सैनिक विमान दुर्घटनामा २२ को मृत्यु

एजेन्सी चैत ३, दक्षिण अमेरिकी मुलुक इक्वेडरमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त पास्टासाको अमेजन क्षेत्रमा भएका दुर्घटनामा चालक दलका दुई, एक प्राविधिक तथा १९ जना सैनिकको मृत्यु भएको समाचार एजेन्सीले जनाएको छ ।
ecuater-300x169
समाचार एजेन्सीले इक्वेडरका राष्ट्रपति राफाइल कोरेयाले आफ्नो ट्वीटर आडिबाट प्रस्तुत दुर्घटनाको पुष्टि गरेको जनाउँदै ट्वीटमा राष्ट्रपति कोरेयाले मृतकका परिवारमा समवेदनासमेत व्यक्त गर्नु भएको उल्ल्ेख गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।