शनिबार, बैशाख ८, २०८१

विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध हटेलगत्तै परवेजले पाकिस्तान छोडे

एजेन्सी चैत ५, पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफमाथि लाग्दै आएको प्रतिबन्धमुक्त  भएलगत्तै    दुबई पुगेका छन ।  केही दिनअघि मुशर्रफका वकिलले अदालतमा स्वास्थ्योपचारका लागि मुशर्रफ विदेश जानुपर्ने parvez-musharraf-377_1396515819भएको जिकिर गर्दै अदालतमा अपिल गरे पछि पाकिस्तानको सर्वोच्च अदालतले मुशर्रफको विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई आदेश दिएको थियो । सोही आदेश लगत्तै मुशर्रफले देश छोडेको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

देश छोड्नु अघि मुशर्रफले केही पत्रकारसँग कुरा गर्दै आफू चाँडै फर्केर्ने र आफूविरुद्ध अदालतमा विचाराधीन सबै मुद्दाको सामना गर्ने पनि अभिव्यक्ति दिएको संचारमाध्यमहरुले जनाएका छन् । पूर्व राष्ट्रपति परवेज मुशर्रफविरुद्ध अदालतमा दायर गरिएको राजद्रोह र अन्य केही मुद्दामा सुनुवाईको क्रममा रहेको छ ।