बिहिबार, बैशाख १३, २०८१

मुस्लिम आतंकवादी संगठन आइएसको सार्कमा खतरनाक प्रवेश, भारतमा ठुलो आक्रमण गर्ने चेतावनी

सुनिल शर्मा / काठमाडौं
अन्तराष्ट्रिय मुस्लिम आतंकवादी संगठन, ईस्लामिक स्टेट ९आइ एस्० ले अब आफ्नो सन्जाल सिरिया र इराकमा मात्र नभइ, भारत घेर्ने रणनीती अनुरूप सार्क राष्ट्रमा समेत प्रबेश गरेको खुलासा भएको छ। मुस्लिम अतिबादी संगठन आइ एसले शरणार्थीको रूपमा नेपालमा (राजधानी काठमाडौं) भित्रिएका  मुसलमानलाइ प्रशिक्षण समेत दिन थालेको छ। सार्क क्षेत्रमा बढी रहेको मुस्लिम आतंकवादी गतिविधी सम्बन्धमा हामीले हाम्रो गतांकमा विस्तृत समाचार प्रकाशित गरेका थियौँ । सो समाचारको पुष्टी यतीबेला आएर अमेरिकि गुप्तचर संस्था सिआइए मार्फत संयुक्त राष्ट्र संघका महासचिव वानकीमुनले सार्क राष्ट्रमा र दक्षिण एसियामा ईस्लामिक स्टेट (आइ एस्) को मजबुतत सन्जाल भएको कुरा बताउनु भएको छ।

SAM_
यु. एन. एच्. सि .आरले नेपालको ऐन कानून विपरित शारणार्थिका दर्जा दिएको अन्तराष्ट्रिय मुसल्मानहरुको एउटा प्रमाण। यस्तो प्रमाण हामी सँग थुप्रै सुरक्षित छ। 

उच्च गुप्तचर सुरक्षा एजेन्सी स्रोतका अनुसार आइ एसले बर्मा, अफ्गानीस्तान , पाकीस्तान , श्रीलंका, बङलादेश, चीन हुँदै नेपाल प्रवेश गरेर भारतमा ठुलो आतंकवादी हमला गर्ने योजना पाकिस्तानमा बसेर राजधानी काठमाडौं र बङलादेशबाट मोनिटरिङ्ग गरी रहेको थाहा हुन आएको छ। तर भारतीय गुप्तचर संस्था “र”ले भारतीय प्रधानमन्त्री नरेद्र मोदी र सुरक्षा प्रमुख अजित डोवाललाई असफल तुल्याउन सार्क क्षेत्रबाट दिइनु पर्ने सुचना दिने गरेको छैन। स्मरण रहोस्, भारतीय गुप्तचर् संस्था “र” इन्दिरा गान्धीले स्थापित गरेको कर्मचारी संयन्त्र भएको हुँदा भारतीय जनता पार्टी र उसको सरकारलाई असफल तुल्याउन गान्धी डक्ट्रिन नै अहिलेसम्म लागू गरी रहेको छ। नेपालमा मात्रै अवैध रूपमा मस्जिद र मदरसा सीमा क्षेत्रमा १४००० बनेको छ। ती मस्जिद र मदरसाहरुमा ईस्लामको पढाईको नाममा जेहादी पढाई र तालिम दिइने गरेको छ।

यस्तो तालिम दिन पाकिस्तानबाट प्रत्येक पन्ध्र दिनमा मुस्लिम धर्म गुरुको भेसमा मुस्लिम आतंकवादी संगठनका नेता र पाकिस्तानी गुप्तचर् संस्था आइएस्आइका उच्च अधिकारीहरु आउने गरेका छन्। गत साता पाकिस्तानबाट नेपाल हुँदै भैरहवा नाकाबाट भारत प्रवेश गर्न लागेका आइएसका तीन जना व्यक्तीलाई भारतीय सुरक्षा एजेन्सीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जफर मसूद, अशिम उमर, र अब्दुल रहमान रहेका छन्। उनीहरुलाई भारतीय सुरक्षा एजेन्सीले हाल दिल्ली पुर्याएर सोधपूछ गरी रहेको छ। स्मरण रहोस्, नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको एमआरपी पास्पोर्ट ४५००० फ्रान्सको कम्पनीले छापेको कुनै डाटा नै छैन, हराएको छ जस मध्ये १,३४००० एमआरपी पास्पोर्ट परराष्ट्र मन्त्रालयबाटै हराएको छ। यस सम्बन्धी कुनै छानवीन नभए पछी भारतीय सुरक्षा एजेन्सीले अहिले चासो देखाउन थालेको 111छ।

ईस्लामिक स्टेट आँफैले पनि एमआरपी पास्पोर्ट नक्कली छाप्ने मेसिन थाइल्यान्ड, मलिसियामा र साउदी अरबमा राखेर सार्क राष्ट्रमा आफ्न लडाकुलाई पठाइ रहेको छ। खासगरी बङलादेश र पाकिस्तानको बाटो हावाइ र स्थल मार्गबाट नेपाल प्रवेश गरेका मुस्लिमहरुलाई यु एन एह सि आरले शरणार्थीको प्रमाणपत्र दिएको छ तर नेपाल सरकारले भने भुटानि र तिब्बती बाहेक अन्यलाई शरणार्थीको मान्यता दिएको छैन।  हाल, राजधानी काठमाडौंमा विभिन्न मुलुकबाट नेपाल प्रवेश गरेका ५४५ जना रहेको तथ्यांक युएनएचसीआरले दिए पनी राजधानी काठमाडौं लगायत, मुलुकमा शहरी र सीमावर्ती क्षेत्रमा यस्ता मुसल्मानहरुको संख्या २०,००० भन्दा बढी नागी सकेको एक तथ्यांकले देखाएको छ। उनिहरुसँग शारणार्थि पुषटी गर्ने डकुमेन्ट्स नभएको कारण ईण्डियन मुज्जाहिद्दिन र आइएस आइएसको संपर्क माध्यमबाट आजाद फाउन्डेसन मा आबद्ध भइ भारत विरुद्ध आतंकवादी गतिविधीमा काठमाडौंलाई शेल्टर बनाएर गतिविधी सञ्चालन गरीरहेको पाइेको छ।

अन्तराष्ट्रिय रूपबाट नेपाल प्रवेश गर्ने यस्ता मुस्लिमहरु काठमाडौंमा सम्पर्क थालो, राजधानीको मुटुमा रहेको जामे मस्जिद बनेको छ जहाँ स्टार इम्पेक्स नामक एउटा व्यापारिक फर्मका मालिक कयुम शाहले बिगतदेखी नै मुस्लिम आतंकवादीलाई सहयोग पुर्याउँदै आएका छन्, जसको सम्बन्ध जैस ए मोहम्मद नामक आतंकवादी संगठनका नेता मौलाना मासुद अजर र दाउद इब्राहिमसँग रहेको छ।
जैस ए मोहम्मदसँग सम्बन्ध राख्ने आइ एसका सदस्य सखिर रहमानले यस सम्वाददातालाई 112बताए, पठानकोट भन्दा ठुलो हमला अब छिट्टै नै भारतमा एक साथ गरिने छ। जैस ए मोहम्मद नामक संगठनका आतंकवादी नेता मौलाना मासुद अजरसँग अन्डरवोर्ल्ड डन दाउद इब्राहिमको हाल विशेष सम्बन्ध रहेको छ। मौलाना मासुद अजर र दाउद इब्राहिमलाई पाकिस्तानी गुप्तचर् संस्था आइएसआइले सहयोग पुर्याउँदै आएको छ। अबको एउटा ठुलो आक्रमण कश्मिरमा सैन्य अखडा भित्र गर्ने र भारतको नयाँ दिल्ली, मुम्बई, गुजरात, दक्षिण भारत, उत्तरआखन्ड, हरिद्वार, ॠषिकेशमा आतंकवादी हमला गर्ने आइ एस्आइएसले योजना बनाएको छ। एक गुप्तचर् एजेन्सी स्रोत , ूभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्न १२ देखी १५ वर्षको युवतीलाई आत्मघाती तालिम दिएर तयार पारीएको छ र तिनिहरु भारत प्रवेश गरीसकेका छ्। पाकिस्तानी मोबाईल नम्बर +92300597212 बाट पठानकोट र कश्मिरमा सम्पर्क स्थापित फैजान नामक कुनै आतंकवादीले गरीरहेको पाइेको छ। त्यसैगरी, मौलाना मासुद अजरको मोबाइल नम्बर +923017775253 रहेको कुरा एक उच्च आइएससँग सम्बन्ध राख्ने श्रोतले जनाएको छ।

त्यसैगरी, मौलाना मासुद अजरसँग विशेष सम्बन्ध राख्ने दाउद इब्राहिमसँग आठवटा पासपोर्ट रहेको छ। काठमाडौंबाट १६ जनवरीमा अविद दाउद पटेल र अब्दुल सालीम सतार नामका शार्प शूटरहरुलाई पक्राउ गरेर भारत पुर्याइेको छ। उनिहरुको योजना गुजरातमा दंगा गराउने रहेको थियो। यि दुबइ व्यक्ति दाउदका खास मानिसहरु हुन्। दाउद इब्राहिमलाई र मौलाना मासुद अजरलाई पाकिस्तानी सेना र गुप्तचर संस्थाले भारत विरुद्ध प्रयोग गर्दै आएको छ। दाउदलाई पाकिस्तान रावल पिन्डीबाट जारी गरिएको आठवटा पाािपोर्ट मध्ये एउटा पासपोर्ट नम्बर G866537  मा दाउदको नाम सेइख दाउद हसन लेखिएको छ र टासिएको फोटोमा दाउदको जुङा छैन। दाउद, हाल पाकिस्तानको नाइन किल्प्टन मुरी रोड, घर नम्बर २९ मा र कराँची पार्क अस्पातलको ठीक अगाडि रहेको घर नम्बर ५७ को क्लिप्टन रोडको सेतो घरमा बस्दै आएका छन्। त्यहा दाउदलाई मलिक इक्बालको नामले राखिएको छ। दाउद र मौलाना मासुद अजरको विशेश सम्बन्ध भारतकोलागी टाउको दुस्खाइ मात्र भएन सुरक्षा दृष्‍टिले समेत खतरा उत्पन्न गरेको छ। पठानकोट हमला पछाडि यि दुई व्यक्तीको हात स्पष्ट देखिएको छ। भारतलाई आइएसआइएसले चौतर्फी हमला गर्ने धम्की दिदै आएको छ। यस सम्बन्धी भिडिओ जारी समेत् आइएसले गरेको छ।

सार्कमा आइएस् सकृय:  संयुक्त राष्ट्रसंघस् संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले पाकिस्तानमा सक्रिय कट्टरपन्थी संगठनका कारण इस्लामिक स्टेट (आइएस) जस्ता संगठन दक्षिण एसियामा फैलिएको चेतावनी दिएका छन् । उनले पाकिस्तानको तहरिक–ए–खिलाफतको नामै तोकेर यस क्षेत्रमा आइएस फैलिएको बताएका छन् । उनले यस्ता आतंककारीबाट बच्न अन्तराष्ट्रिय समुदायलाई उनीहरूविरुद्ध कारबाहीको आग्रह पनि गरेका छन् ।

उनले अन्तराष्ट्रिय शान्ति र सुरक्षामाथि आइएसबाट खतरा भएको भन्दै संयुक्त राष्ट्रसंघ सुरक्षापरिषद्मा आफ्नो प्रतिवेदन बुझाउँदै यस्तो जानकारी दिएका हुन् ।  उनले भने, ‘पाकिस्तानमा तहरिक–ए–खिलाफत जस्ता संगठन र उसका विचारधाराप्रति निकै मानिस आकर्षित भएका छन् । यो निकै चिन्ताको विषय हो । आइएसको जस्तै आक्रमण र नीति उनीहरूको भएको पनि उनले खुलासा गरे । आइएसको निर्देशनमा विदेश गएर यस्ता संगठनका सदस्य सक्रिय भएको र त्यसप्रति सजग रहनुपर्ने बानको भनाइ थियो ।

उनले इराक र सिरियामा आइएसले ठूलो भूभाग कब्जा गरेको प्रसंग उल्लेख गर्दै भने, ‘पश्चिमी एवं उत्तरी अफ्रिका, मध्यपूर्व एसिया, दक्षिण एसिया र दक्षिणपूर्व एसियामा आइएसको प्रभाव निकै बढेको छ । गत १८ महिनामा उनीहरू ज्यादै शक्तिशाली र खतरनाक भएका छन् ।’ अब उनीहरू अफगानिस्तान र पाकिस्तानमा क्रियाशील भएको र यसबाट संसारलाई टाउको दुखाइको विषय भएको बानले स्पष्ट पारे । आइएसले पाकिस्तान र अफगानिस्तानमा ‘खुरासान प्रान्त’को नाममा अफगानिस्तानस्थित पाकिस्तानी वाणिज्यदूतावासमा आक्रमण गरेको र कराचीमा बस आक्रमण पनि गरेका थिए । उनले आइएसले आवश्यकताअनुसार आफ्नो नाम र वातावरण बदलेर संगठन गरेका दाबी गरे । अन्तर्राष्ट्रिय समुदायलाई त्यसै अनुरूप तयारी गर्न उनले आग्रह गरे ।

अमेरिकाले पाकिस्तानलाई किन दियो ८६ करोड डलर? :  अमेरिकी सरकारले पाकिस्तानलाई ८६ करोड अमेरिकी डलर दिने प्रस्ताव गरेको छ । यसमध्ये २५ करोड ५० लाख डलर बराबरको सैन्य सामग्री प्रदान गर्ने बताइएको छ । यसबाट आतंकवादीसँग लड्न, परमाणु हतियार सुरक्षित गर्न र भारतसँग सम्बन्ध सुधार्न पाकिस्तानले प्रयोग गर्ने अमेरिकी भनाइ छ । अमेरिकी विदेशमन्त्री जोन केरीले यस्तो जानकारी मंगलबार दिएका हुन् । केरीले विदेश मन्त्रालयमार्फत यस्तो रकम निकासा गरिने जानकारी दिएका हुन् ।  स्मरण रहोस, अन्तराष्ट्रिय रूपमै अमेरिकाले आफ्नो प्रभुत्तो जमाउन प्रयास गरिरहेको अवस्थामा दक्षिण एसियामा रुस विरुद्ध अल कायदा र ओसामा बिन लादेन जन्माउने अमेरिका नै हो। अहिले आएर तिनै मुस्लिम आतंकवादी संगठनहरु अमेरिकाको टाउको दुस्खऐ हुन थाले पछी आफ्न विरोधी राष्ट्रहरु विरुद्ध हतियार र पैसा दिएर राज्नीतिक रूपमा प्रयोग गर्न थालेको छ। पाकिस्तानलाई दिएको ८६ करोड डलर, हतियार खरिद र आतंकवाद विरुद्ध भनिए पन त्यो यथार्थमा भारत विरुद्ध स्वतन्त्र कश्मिरकालागी मुस्लिम आतंकवादीहरुलाई सहयोग गर्न घुमौरो पाराले दिएको रकम हो भन्ने सुरक्षा विज्ञहरुको भनाइ छ।