काठमाडौ माघ २१, गत आर्थिक वर्षका तुलनामा यस वर्ष महानगरपालिकाभित्र १२० वटा आगलागीका घटना घटेको कामपाले जनाएको छ । कामपाका अनुसार विगतका वर्षहरुमा सानाठूला गरी वार्षिक ३५० देखि ४०० को हाराहारीमा आगलागीका घटना हुने गरेकोमा यस वर्ष प्रस्तुत घटनाको रेसियो हाव्त्तै बढेको जनाएको छ । राजधानी आज आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार आगलागीको मुख्य कारण् मध्ये विद्युत् चुहावट प्रमुख रहेको बताईएको छ । साथै यसवर्ष पेट्रोल सञ्चयका कारण पनि आगलागी सङ्ख्या बढेको माहानगरको बुझाइ रहेको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा मुलकमा नयाँ संविधान जारी भएयता सुरु भएको भारतीय पक्षको अघोषित नाकाबन्दीका कारण उपभोक्ताहरुले इन्धन अभावको समस्याबाट मुक्ति पाउँन इन्धनको संन्चय गर्ने गरेकाले पनि आगलागीको घटना बढेको कामपाका प्रमुख कार्यकारी रुद्रसिंह तामाङले जानकारी दिदै गत माघ माघ १८, १९ र २० गते मात्र राजधानीको स्थानमा ८ आगलागी भएको जानकारी दिनु भएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा जुद्ध बारुण यन्त्र कार्यालयका प्रमुख किशोरकुमार भट्टराईका अनुसार आगलागीका घटनालाई कम गर्नका लागि विद्युतीय उपकरण उपयोग गरिसकेपछि बन्द गर्ने, विद्युत्भार कटौतीका बेला बत्तीको स्विच बन्द गर्ने, स्तरीय विद्युतीय औजार र उपकरणको प्रयोग गर्नेुपर्नेमा जोड दिदै यि यस्ता हेर्दा सामान्य लाग्ने कार्यतर्फ विशेष सजग हुन आवश्यक रहेको बताउँनु भएको छ ।