बिहिबार, बैशाख १३, २०८१

मधेसवादी दल जारी मधेस आन्दोलनलाइ राजधानी केन्द्रीत बनाउँने तयारीमा

काठमाडौ माघ २०, मधेसवादी दलका नेताहरुले जारी मधेस आन्दोलनलाइ राजधानी केन्द्रीत एवम् प्रभावकारी बनाउँने तयारी रहेको Rajendra-Shresthaबताएका छन । राजधानीमा  आज आयोजित कार्यक्रममा बोल्दै सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारको मधेस विरोधी चिन्तनका कारण मुलुक द्वन्द्वमा फसेको बताउँदै जारी आन्दोलनलाई निष्कर्षमा पु-याउन आन्दोलनको स्वरुप परिवर्तन गरी राजधानी कन्द्रीत आन्दोलनको खाका बन्दै गरेको खुलासा गर्नु भएको हो ।  त्यस्तै उहाँले यसको लागि  आफूहरूले चाँडै नै बैठक बस्ने तयारी रहेको  पनि   बताउँनु भएको छ ।

त्यस्तै तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता राम नरेश रायले कुनै पनि आन्दोलन एकै नाशले धेरै अगाडि सम्म लिएर जान नसकिने भन्दै मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित पुनरावलोकन गर्ने जनाउ दिदै उनले भने- सचिवालयमा आन्दोलन परिमार्जनको सवालमा छलफल हुँने बताए ।  त्यस्तै सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आन्दोलनले मधेसी जनता सबै भन्दा पीडित मधेसी जनता नै नभएकोले आफूहरु आन्दोलन रोक्न आतुर रहेको भन्दै यसकोलागि आफूहरुले उठाएका जायज मागहरुको तत्काल संबोधन हुनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रमका अर्का वक्ता  राप्रपाका नेता पशुपतिशम्शेर राणाले मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने राप्रपाको स्पष्ट धारणा रहेको बताउँदै सरकारले यसलाई स्वीकार गरेर मधेसको समस्या समाधान गर्नुपर्नेमा जोड दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031