मङ्लबार, बैशाख १८, २०८१

सञ्चार ऐनमा पुनरावलोकन गर्न उच्चस्तरीय सञ्चार समिति गठन

मन्त्री परिषदको बैठक :
काठमाडौ माघ २० , आज बसेको मन्त्री परिषदको बैठकले संविधान भवना रमर्म अनुकूलको नयाँ आम सञ्चार नीतिको मस्यौदा तयार गर्न सञ्चार विज्ञ काशीराज दाहालको अध्यक्षतामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की र नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा mantriparisadमहेन्द्र विष्ट सहितको उच्चस्तरीय सञ्चार समिति गठन गरेको छ ।

बैठकपछि सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता शेरधन राईले समितिलाई नयाँ संविधानको मर्म र भावना अनुसार विद्यमान सञ्चार ऐनमा पुनरावलोकन गर्ने, संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार, पत्रकार आचारसंहिता, लोकतन्त्र र सञ्चार आदि विषयमा समस्या पहिचान गरी समाधानको उपायबारे पनि सुझाव दिन कार्यादेश दिइएकोजानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले रविशङ्कर सैँजू, दानध्वज बस्नेत, ज्ञानेन्द्र पौडेल, सञ्जयकुमार खनाल, केशवप्रसाद आचार्य, पुरुषोत्तम नेपाल, जनकीबल्लभ अधिकारी, जनकराज दाहाल, प्रदीपकुमार कोइराला, शिवप्रसाद अधिकारी, शेरबहादुर ढुङ्गाना, भागीरथ पाण्डे, रामबहादुर घिमिरे, उत्तमप्रसाद धिताल, उत्तमप्रसाद नागिला, दीलिपकुमार चापागाईँ, नरहरि बराल, ताराबहादुर कार्की, विष्णुप्रसाद पोखरेल, प्रेमप्रकाश उप्रेती, कृष्णबहादुर थापालार्इ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) मा बढुवा गर्ने निर्णय गरेको छ भने छिमेकी मुलुक चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्न चीन सरकारको सहमतिका लागि औपचारिक अनुरोध गर्न सहमति दिने निर्णय गरेको छ ।