बिहिबार, बैशाख २०, २०८१

प्रमुख दल र मोर्चा कार्यदलवीचको बैठक थप उपलब्धिमुलक, अर्को बैठक विहिवार

काठमाडौ पौष २८, मधेस आन्दोलनको माग सम्बोधन गर्न गठित प्रमुख तीन दलीय कार्यदल र आन्दोलनरत मोर्चाको कार्यदलवीचको kareadall  govआजको बैठक थप उपलब्धिमुलक भएको बताइएको छ ।

सिंहदरबारमा आज भएको कार्यदलवीचको बैठकमा मोर्चाको ११बुँदे मागका सम्बन्धमा गम्भीर छलफल हुँनुको अलावा पहिलोपटक दलीय कार्यदलले आफ्नो मागको सवालमा सकारात्मक संवाद सुरु गरेको मोर्चाको कार्यदलका सदस्य हृदयस त्रिपाठीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यदलको आजको बैठक पछि सञ्चारकर्मीसंग प्रतिक्रिया दिने क्रममा मोर्चा कार्यदलका सदस्य त्रिपाठीले यस्तो बताउँनु भएको समाचारमा जनाईएको छ । त्यस्तै उहाँले कार्यदलको बिहीबार बस्ने अर्को बैठकमा थप छलफल हुँने जानकारी दिनु भएको छ ।