बुधबार, बैशाख २६, २०८१

भूकम्प पिडितलाइ रु १० हजार १० दिनभित्र वितरण गर्न मन्त्रीपरिषदको कडा निर्देशन

-बेपत्ता परिवारको छानबिन र सत्य तथा मेलमिलाप आयोग सञ्चालनसम्बन्धी नियमावली स्वीकृत
-चीनका लागि नेपाली राजदूत डा महेश मास्केको कार्यवधि चार महिना थप
-उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण फलदायी
-सहसचिवको पनि सरुवा

काठमाडौ पौष १७, मन्त्रिपरिषद्को आज बसेको बैठकले भूकम्प प्रभावितलाई सरकारले घोषणा गरेको जाडोमा न्यानो कपडा किन्न दिइने रु १० हजार १० दिनभित्र वितरण नगरिए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ । आजको बैठकले गृह र स्थानीय विकास mantriparisadमन्त्रालयलाई १० दिनभित्र वितरणको कार्य पूरा गर्न कडा यस्तो निर्देशन दिएको सरकार प्रवक्ता एवम् सञ्चार मन्त्री शेरधन राईले जनाकारी दिनु भएको छ ।।  त्यस्तै उहाँका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले गत साताको आफनो चीन भ्रमणबारे बैठकलाई जानकारी गराउनुभएको जानकारी दिदै भ्रमण आफैमा फलदायी भएको भन्दै प्रस्तुत भ्रमणबाट व्यापार तथा पारबहन, दीर्घकालीन इन्धन, पूर्वाधार विकास तथा कनेक्टिभिटी र तातोपानी र केरुङ नाका सञ्चालन गर्न समझदारी भएको बताउँनु भएको छ ।

यसैगरि बैठकले चीनका लागि नेपाली राजदूत डा महेश मास्केको कार्यवधि चार महिना थप्ने निर्णय गर्दै बेपत्ता परिवारको छानबिन र सत्य तथा मेलमिलाप आयोग सञ्चालनसम्बन्धी नियमावली स्वीकृत एवम् लगानी बोर्डको प्रस्तावमा चीनको ‘द गोर्खाज युके’ कम्पनीको परियोजना प्रस्तावअनुसार ऊर्जा उत्पादनको समझादरी स्वीकृत गरेको छ भने बोर्डलाई हावाबाट बिजुली उत्पादन निकाल्ने परियोजना प्रस्ताव तयार गर्न निर्देशन पनि दिएको छ ।  .त्यस्तै गरि बैठकले केही सहसचिवको पनि सरुवा गर्नुको साथै विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थालाई स्पष्ट र प्रभावकारी बनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिनुको अलावा राजपत्र अनङ्कित (प्रशासन) तर्फका कर्मचारीको सरुवाका लागि क्षेत्रमा क्षेत्रीय प्रशासक र जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031