शुक्रबार, चैत्र १६, २०८०

प्रम ओलीद्दारा छ राज्यमन्त्रीलाइ शपथ दिलाउँदै कार्यभार तोक्यो, राजनीतिलाइ आयआर्जनको बाटो नबनाउँन निर्देशन

काठमाडौ पौष १७, सत्तारुढदल एमालेको कोटामा गएको पौष ९ गते नियुक्त हुनुभएका छ जना राज्यमन्त्रीलाइ प्रधानमन्त्री केपी शर्मा ओलील पद तथा गोपनियताको सपथ सहित कार्यभारको जिम्मेवारी दिनु भएको छ । उहाँहरुलाई लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को mantriparisadकार्यालयमा प्रम ओली शपथ खुवाउनुभएको छ ।

आज सपथ लिदै नयाँ कार्याभारको जिम्मेवारी लिनुभएका राज्यमन्त्रीहरुमा दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर महत, नरदेवी पुन मगर, मञ्जुकुमारी चौधरी र दीपनारायण साह रहेका छन । भने यादवलाई खानेपानी तथा सरसफाइ, भण्डारीलाई अर्थ, महतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मगरलाई पशु विकास, चौधरीलाई सहरी विकास र साहलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।

यसैवीच प्रम केपी शर्मा ओलीले सपथ कार्यक्रम पछि नवनियुक्त राज्यमन्त्रीहरुलाइ निर्देशन दिदै राम्रा काम गर्दै गए परिणाम पनि प्राप्त  हुँदै जाने र देशलाई अघि बढाउन सकिने र सामान्य अवस्थाका भन्दा फरक काम गर्नुपर्ने बताउँदै कुनैपनि लोभ लालचमा नपरी राम्रो कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ । त्यस अवसरमा प्रम ओलीले राजनीति आयआर्जनको बाटो होइन, माध्यम पनि होइन, राजनीति देश र जनताको सेवा एवम् कल्याणमा समर्पित बन्न पनि आग्रह गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।