शुक्रबार, चैत्र १६, २०८०

संसद बैठकमा प्रदेश सीमाङ्कन वैज्ञानिक रूपमा गर्न सासदहरुद्दारा सुझाव

काठमाडौ पौष १९,  व्यवस्थापिका–संसद्को आज बसेको बैठकले नेपालको संविधान (पहिलो संशोधन), विधेयक, २०७२ माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथिको जारी छलफल समापन गरेको छ । मधेसी मोर्चाको नाराबाजीकै बीचमा विधेयक, २०७२ माथि विचार prime-Minister-election-in-nepal-300x201गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सासहरुले प्रदेश सीमाङ्कनलाई , वैज्ञानिक रूपमा कार्यान्वयन गर्न सुझाव दिनुभएको छ ।
यस्तो सझाव दिने सासंदहरुमा क्रमस जीवन परियार र भरतकुमार खड्का रहेका छन । त्यस्तै गरि आजको बैठकमा बोल्दै सासद राजेन्द्रकुमार केसी, रामेश्वर फुयाँल, सुशीलकुमार श्रेष्ठ , प्रेम सुवाल,मिठु मल्ल, सीताराम भण्डारी ,सांसद रुक्मिणी चौधरी, सांसद कल्पना चौधरी र सांसद कमल पङ्गेनीले लोकतन्त्रमा सबै कुरा एकै पटक प्राप्त हुन नसक्ने भएकाले समस्याको समाधान नयाँ संविधानबाट खोजिनु आफैमा लोकतान्त्रिक भएको विचार व्यक्त गर्नु भएको थियो ।

यसैवीच आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैँक (दोस्रो संशोधन) विधेयक, २०७१ र निपेक्ष तथा कर्जा सुरक्षण कोष विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने छुट्टाछट्टै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यस्तै गरि महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘खोप विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ पेस गर्नुभएको थियो । त्यस्तैगरि बैठकले संसद् नियमावली मस्यौदा समितिको कार्यावधि १५ दिन थप्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको थियो । सो प्रस्तावलाई सदनमा समितिका सभापति राधेश्याम अधिकारीले पेस गर्नुभएको थियो । संसद्को अर्को बैठक यही पौष २० गते १ः०० बस्ने छ ।