मङ्लबार, बैशाख १८, २०८१

काँग्रेस र मोर्चाबीचको वार्ता सकारात्मक

काठमाडौ पौष ७,   प्रमुख प्रतिपक्षीदल कांग्रेस र मधेसी मोर्चाका नेताहरुबीच आज भएको वार्ता सकारात्मकरुपमा सम्पन्न भएको छ । काँग्रेस सभापति सुशील कोइराUntitled-11लाको निवास महाराजगन्जमा भएको वार्तामा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा भाषागत त्रुटि सच्याएर अघि बढ्ने सहमति भएको वार्तामा सहभागी नेताहरुवे जनाएको छ ।

त्यस्तै मोर्चाले राखेको नागरिकताका विषयमा पनि कांग्रेस लचिलो हुने सहमति संगै सीमांकनका विषयमा भने अन्य दलसँग छलफल गरी ठोस धारणा तय गर्ने सहमति भएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउँनु भएको छ ।

यसैगरी वार्तामा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेससँग भएको वार्ता सकारात्मक भएको तर ठोस निर्णय शुँन बाकी रहेको जनाउँ दिनु भए पनि आजको वार्ताबाट उहाँ पनि आशावादी रहेको बताईएको छ । साथै नेता कर्णले संविधान संशोधन, नागरिकता, सीमांकनलगायतका विषयमा छलफल भएको र अन्य दलसँग थप छलफल गर्ने सहमति भएको जानकारी दिनुभएको छ ।